RayNewsDaily
शेयरबजार घट्यो, कारोबार बढ्यो

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ८.७१ अंक घटेर २०४९.२८ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ ।

हिजो ४ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिका पावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक ६.५६ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी शिवम् सिमेन्ट्सको १९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत बढेको हो भने जलविद्युत् र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update