RayNewsDaily
पशुपति क्षेत्र विकास कोषद्वारा आरोप अस्विकार

काठमाडौं । पशुपतिको बाग्मती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने सूचनामा संलग्नता नरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले विज्ञप्ति निकालेर भिडियो खिच्न नपाइने सूचनामा कोषको असहमति रहेको र यस्तो सूचनाप्रति कोषको कुनै पनि संलग्नता नरहेको दाबी गर्नुभएको हो । यसअघि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रा.लि.को नाममा सार्वजनिक भएको सूचनामा पशुपति क्षेत्रमा भिडियो खिचेर सामाजिक सञ्जालमा राखे कपीराइट ऐन अन्तर्गत कारबाही हुने उल्लेख थियो ।

यसको चौतर्फी विरोध भएपछि कोषले यसमा आफ्नो संलग्नता नरहेको बताएको हो ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update