RayNewsDaily
चिनियाँहरु नव वर्षमा उत्पादन गर्न व्यस्त

रमेश हतुवाली/काठमाडौं । नव वर्ष सन् २०२४ को सुरूदेखि नै चीनका विभिन्न क्षेत्रमा व्यवसायहरू उत्पादन कार्यमा लागेका छन् । चीन विश्वकै सबै भन्दा धेरै जनसंख्या भएको देशमात्र होइन बरु यो देश विश्वमै उत्पादका हिसावले अग्रस्थानमा आउने मुलुक पनि हो ।

China production_21704626110.jpg

२०४६ सालभन्दा पहिले नेपाली बजारमा कहीँ कहिँमात्र पाईने जीन्सका पेन्ट, सर्ट, ज्याकेट सामान्य आम्दानी भएका नागरिकहरुको पहुँचभन्दा परका कुरा थिए । तर चीनको ढोका विश्वका लागि खुला भएपछि चीनले उत्पादन क्षेत्रमा क्रान्तिनै ल्यायो । जसको परिणाम स्वरुप युरोप र अमेरिकाबाट आउने लत्ताकपडा, मेसिनरी सामानको मूल्यको तुलनामा नेपाली बजारमा चिनियाँ सामाना झण्डै ४ गुना कम मूल्यमा प्राप्त हुनथाल्यो । जसले आम नेपाली जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्यायो । अब सर्वसाधारणका जीउमा पनि चम्किला, न्याना गुणस्तरीय जीनका सर्ट, पाईन्ट र ज्याकेट देखिन थाले ।

China production_41704626147.jpg

जापानी ब्रान्डका नेश्नल पानासोकनीक रेडियो र टेप्रिकटर, साइको फाइभ घडीको विक्रि साँघुरियो । करोडौंको संख्यामा चीनमा उत्पादन भएका रेडियो, टेलिभिजन र घडीले सर्वसाधारणको मन मात्र जितेन तिनले नेपालका प्रत्येक गाउँ बस्तीमा बस्ने जनताका सुख र दुखका गीतहरु पनि गाउन थाले मानौं उनीहरुनै जीवनका सबैभन्दा नजिकका सहारा हुन् ।

China production_1704626194.jpg

आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । आशा छ २१ औं शताब्दी एशियाको हुनेछ जसलाई नेपालको घनिष्ट उत्तरी छिमेकी चीनले नेतृत्व गर्नेछ । फोटो : सीएमजी

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update