RayNewsDaily
प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड मध्याह्न १:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभयो । सो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।      

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update