RayNewsDaily
शेयर बजार २० अंकले वृद्धि

रे समाचार/काठमाडौं । केही दिनदेखि बढ्दो क्रममा रहेको शेयर बजार आज पनि बढेरै बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २०.६२ अंक बढेर २०८०.१२ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ६७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अप्पर सांगे हाइड्रोपावर, त्रिशुली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ्ग, तेह्रथुम पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । धौलागिरी लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ८.१९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, निफ्राको साढे १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको कारोबार रकम साढे १७ करोड नाघेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update