
रे समाचार/काठमाडौं । सोमबारदेखि बढ्न थालेको शेयर बजार आज पनि बढेरै बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ९.५० अंक बढेर २०८९.६२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ ।
हिजो ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, हिमालयन रि इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा आज पनि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको करिब २९ करोडको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे १५ करोड नाघेको छ ।
बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव १२, लघुवित्त समूह एक दशमलव ०२, म्युचुअल फन्ड समूह शून्य दशमलव ०३, व्यापार समूह शून्य दशमलव ०१ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ९५ प्रतिशतको गिरावट देखिएको छ । १३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक घटेको छ भने ६ उपसमूहको परिसूचक बढेको छ ।