काठमाडौं । नेपालले तेस्रो महिला टि–२० आई खेलमा मलेसियालाई २७ रनले पराजित गरेको छ ।
जितसंगै नेपालले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । जितका लागि १ सय ११ रनको लक्ष्य पक्ष्याएको मलेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो ।
मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रन बनाउनु भयो नेपालका लागि सिताराना मगर, इन्दु बर्मा र कविता कुँवरले समान १–१ विकेट लिनु भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाउनु भयो । मलेसियाका लागि निक नुर अतिएलाले २ विकेट लिनु भयो ।
पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।दुई देशबिचको चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।