RayNewsDaily
चीनमा वसन्त चाडको चहलपहल सुरु

काठमाडौं । चीनमा वसन्त चाडको चहलपहल सुरु भएको छ । वसन्त चाडलाई मध्यनजर गर्दै देशका सैंयौं शहर र बजारहरुमा वसन्त चाड अघिका रमाइलो बजारहरु सञ्चालन भैरहेका छन् । 

basanta Chad ko kinmel 11705219846.jpg

चीनको परम्परागत पात्रो अनुसार, नयाँ वर्ष अर्थात ड्रागन वर्ष नजिकिँदै छ। यस चाडलाई भव्य रुपमा मनाउँन र इष्टमित्रहरुको स्वागत, सत्कार र खानपानका सामग्री खरिदका लागि मानिसहरु नजिकका बजारहरुमा किनमेल गर्न व्यस्त देखिएका छन् । चीनको वसन्त चाड र नेपालीहरुले मनाउने बडादशैं चाड झण्डै झण्डै उस्तै प्रकृतिका चाडहरु हुुन् । नेपालीहरु दशैंतिहारमा लामो विदा लिई घर फर्किए जस्तै चिनियाँहरु पनि हर्ष र खुशीका साथ वसन्त चाड मनाउन मुलघर फर्कने गर्दछन् । 

basanta Chad ko kinmel 21705219882.jpg

चाईना मिडिया गु्रपका अनुसार च्याङ सु प्रान्तको ह्वाइ आन शहरको कन्फ्युसियस मन्दिर आसपासको बजारमा यत्तिवेला भिड हुँदै गएको देखिन्छ । स्थानीय बासिन्दाहरुले वसन्त चाडका लागि विभिन्न मालसामानहरु किन्दै गरेका दृश्यहरु पनि सर्वत्र देख्न सकिन्छ । 

नान चिङ फु च मन्दिरमा लालटिन समारोह

हाल च्याङ सु प्रान्तको नान चिङ शहरमा अवस्थित फु च मन्दिरमा २४ औँ छिन ह्वा लालटिन समारोह रमाइलो साथ शुरू भएको छ। ड्रागन आकारका विभिन्न रङगीचङगी लालटिनहरू त्यहाँ निकै कलात्मक र सुन्दर ढंगले सजाएको देख्न सकिन्छ । 

basanta Chad ko jhilimili21705219933.jpg

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update