RayNewsDaily
चिनियाँ वसन्त पर्वको अवसरमा काठमाडौंमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना 

काठमाडौं । चिनियाँँ वसन्त पर्वको अवसरमा काठमाडौंमा विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना भैरहेको छ । सन् २०२४ मा चीनको परम्परागत वसन्त चाडलाई विश्व चाडको रूपमा समावेश गरिएपछिको यो पहिलो वर्ष हो। सबैको अपेक्षा अनुरूप नेपालले पनि चिनियाँ ड्र्यागन वर्ष मनाउने तत्परता देखाएको छ ।

Basanta Chhad Kathmandu 21705564456.jpg

जनवरी १४ तारिख बेलुका नेपालस्थितचिनियाँ राजदूताबासले दरवारमार्गस्थित याक एन्ड यती होटेलमा सन् २०२४ वसन्त महोत्सव गाला तथा सम्बद्ध श्रृंखला कार्यक्रमको उद्घाटन समारोहको आयोजना गरेको थियो। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलगायत नेपालका राजनीतिज्ञहरू, विभिन्न वर्ग र क्षेत्रका महानुभावहरु, नेपालका लागि विदेशी राजदूतहरू, नेपालस्थित प्रवासी चिनियाँहरू समेत ७०० भन्दा बढी व्यक्तिहरूले भेला भएर वसन्त महोत्सव मनाएका छन्।

Basanta Chhad Kathmandu 31705564486.jpg

सो अवसरमा युननान प्रान्तीय गीत र नृत्य थिएटर, प्रान्तीय एक्रोबेटिक समूह, नेपाल मञ्जरी म्युजिक एकेडेमीको नाचगान कार्यक्रमले सबैको मना जित्न सफल भएको थियो । चीनको हान जाति, तिब्बती जाति, ताइ जाति, लिसु जातिलगायत जातीय नाचगान र नेपाली नाचगान कार्यक्रम अन्तर्गत “रेशम फेरिरि”, “चौतारीको छेऊमा पिपलुको छायाँ”, जस्ता लोकप्रिय गीत र “नेपालको नृत्य” एक अर्काका परिपूरक बनेका थिए भने इन्स्ट्रुमेन्टल सङ्गीत, एक्रोब्याटिक्स र अन्य अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शनले सबैको मन जितेको थियो। लगभग ४ घण्टासम्म चलेको सो कार्यक्रममा दर्शकसामु चीन र नेपालका सांस्कृतिक पर्व प्रदर्शन गरिएको थियो। प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा बधाई सन्देश लेखेर चिनियाँ परम्परागत बाजा प्रदर्शनको उच्च प्रशंसा पनि गर्नुभएको थियो।

Basanta Chhad Kathmandu 41705564519.jpg

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चिनियाँ वसन्त महोत्सवका तत्व र नेपाल मिलेर हिमालयको सबैभन्दा सुन्दर गेसाङ फूल निस्कने विश्वास आफूले लिएको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन असल छिमेकी र संस्कृतिक रुपमा समानता भएका देशहरु हुन् भन्दै दुई देशबीच प्राचिनकालदेखि नै घनिष्ठ सम्बन्ध रहँदै आएको बताउनु भयो । 

Basanta Chhad Kathmandu 51705564546.jpg

पाँचौँ शताब्दी र सातौँ शताब्दीमा चीनका प्रख्यात भिक्षु फास्येन र स्वानचाङले एकपछि अर्को गरी बुद्धधर्मको विस्तृत अध्ययन गर्न शाक्यमुनि बुद्धको जन्मथलो लुम्बिनी पुगेका थिए। पाँचौँ शताब्दीको सुरूमा नेपालका वरिष्ठ भिक्षु बुद्धभद्रले चीनमा २० वर्षसम्म धर्मग्रन्थ अनुवाद र धर्म प्रचार गरेका थिए। १३औँ शताब्दीमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले ४० वर्षसम्म चीनमा बसेर पैचिङमा श्वेत प्यागोडा मन्दिरलगायत कैयौँ ठूला मन्दिरको निर्माण गरेका थिए। झण्डै दुई हजार वर्षभन्दा लामो समयसम्मको आवतजावत र आदान(प्रदानबाट दुई देशका सभ्यताको समृद्धि र विकासलाई बढाइएको छ। झण्डै दुई हजार वर्षको मित्रता बोकेका चीन र नेपालबीचको सम्बन्धले पछिल्ला दिनहरुमा बेल्ट एन्ड रोडको महापरियोजनाको माध्यमबाट आपसी सम्बन्धलाई नयाँ उचाईमा विस्तार गरेका छन् । 

नेपाल–चीन मित्रता सदा रहिरहने शीर्षकीय सामूहिक गायनसँगै वसन्त साँस्कृति महोत्सवको उद्घाटन सत्र सम्पन्न भएको छ । यो महिनाभरी चिनियाँ लालटिन प्रदर्शन, ड्रयागन र सिँह नाचगान, चीन-नेपाल मित्रता फुटबल प्रतियोगिता, वसन्त महोत्सव मेलालगायतका विविध कार्यक्रम एकपछि अर्को गरी  काठमाडौ.मा प्रदर्शन गरिनेछ जसबाट चिनियाँ नव वर्षको बारेमा नेपालीहरु अझ परिचित हुनेछन् । सीएमजी

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update