RayNewsDaily
इरान र पाकिस्तानलाई संयमीत रहन चीनको अपिल

काठमाडौं । इरान र पाकिस्तानलाई संयमीत रहन चीनले अपिल गरेको छ । इरानले पाकिस्तानीभूमिमा गरेको मिसाईल हमलापछि दुवै देशबीचको सम्बन्ध थप तनावपूर्ण हुन नदिन चीनले सो अपिल गरेको हो । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले संयुक्त राष्ट्र संघीय बडा पत्रको सिद्धान्त र नियममा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय ऐनमा रहेर अन्तर्राष्ट्रिय सम्बन्धको व्यवस्थापन गरी विभिन्न मुलुकको सार्वभौम स्वतन्त्रता र भूभागको अविच्छिन्नताको व्यवहारिक रूपमा संरक्षण गर्न चीन अडिग रहिरहेको विचार व्यक्त गर्नुभएको छ।

हिजो जनवरी १७ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले इरानले सीमा क्षेत्रमाथि गरेको हवाई आक्रमणबारेको पत्रकारको प्रश्नमा उक्त कुरा बताउनुभएको हो। माउ निङले इरान र पाकिस्तान छिमेकी देश हुनुुका साथसाथै इस्लामिक मुलुक पनि भएकाले दुवै पक्षलाई संयम राखेर क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्न चीनले आग्रह गरेको जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update