RayNewsDaily
काठमाडौंमा चिनियाँ फोटो प्रदर्शनी

रे समाचार/काठमाडौं । स्वारिङ ओभर द हिमालय नेपाल/सानतोङ (पिङ चौ) सांस्कृतिक सप्ताह र सुन्दर सान्तोङ फोटोग्राफी प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । 

Photo Pradarsani 31705922357.jpg

नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड, सान्तोेङ फोटोग्राफर संघ, नेपाल फोटोग्राफर एशोसिएशन, पिङ चौ नगरस्थित संस्कृति र पर्यटन ब्युरो, नेपाल चाइना फ्रेन्डसिप फोरम र सान्तोेङ बैदेशिक चिनियाँ फोटोग्राफी संघको सामूहिक आयोजनामा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आज सो प्रदर्शनीको आयोजना गरिएको हो । 

Photo Pradarsani 21705922388.jpg

सो प्रदर्शनीको उद्धेश्य चीनले प्रविधिको क्षेत्रमा हासिल गरेको विकाश, भौतिक पूर्वाधारमा प्राप्त गरेको सफलता, चिनियाँ जनजीवन, कला र संस्कृतीलाई नेपाल र नेपालीमाझ झल्काउने रहेको आयोजकले बताएका छन् । उक्त प्रदर्शनीमा राखिएका ६० वटा फोटोहरुले नेपाली जनतामाझ चीनको गतिशिल विकास निर्माण र साँस्कृतिक जनजीवन समेट्न सफल हुने विश्वास आयोजकहरुको रहेको छ । साथै यस्ता प्रदर्शनीमार्फत दुई देशको कला र साँस्कृतिक आदान प्रदानमा महत्वपूर्ण सहयोग पुग्ने समेत विश्वास गरिएको छ । 

Dhananjaya Regmi1705922410.jpg

सो समारोहमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर धनन्जय रेग्मीले नेपाल र चीनबीच ऐतिहासिक कालदेखिनै मित्रता रहेको र दुवै देशबीच धार्मिक, साँस्कृतिक तथा हवाई सेवा लगायतका कारणले एकअर्काबीच अझ नजिकको सम्बन्ध रहेको बताउनु भयो । फोटो प्रर्दशनीले अझ धेरै नेपालीलाई चीन घुम्न जानका लागी प्रेरित गर्ने पनि अध्यक्ष रेग्मीको भनाइ छ । 

Photo Pradarsani 51705922453.jpg

फोटो प्रर्दशनीमार्फत चीनको सान्तोङ र नेपाल दुबै देशका समृद्ध सम्पदा देखाउन प्रदर्शनीले महत्वपूर्ण मञ्चको रूपमा भूमिका निर्वाह गर्र्ने पिङ चौ फोटोग्राफी एशोसियशनका अध्यक्ष ली च्यान मिङगले बताउनुभयो ।

Kalyan Raj Sharma1705922479.jpg

कार्यक्रममा नेपाल–चीन फ्रेन्डसिप फोरमका अध्यक्ष डाक्टर कल्याणराज शर्मा, नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद रेग्मी, नेपाल -याफ्टिङ संघ (नारा)का अध्यक्ष शिव अधिकारी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल पर्यटन बोर्डले चीनका फोटोग्राफर सु स्वेलाई सम्मान गरेको थियो ।

Photo Pradarsani 61705922505.jpg

Photo Pradarsani 71705922532.jpg

Photo Pradarsani 41705922555.jpg

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update