RayNewsDaily
ट्रायल दिन ड्राइभिङ स्कुलबाट पास भएको प्रमाणपत्र अनिवार्य !

रे समाचार/काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक-फरक बनाउन अर्थ मन्त्रालयले नदिएको गुनासो गर्नुभएको छ । 

सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीहरुसँग यातायात क्षेत्रका बारेमा आईतवार छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन अलग अलग ड्राफ्ट गरेर अर्थ मन्त्रालयमा पठाएको भएपनि अर्थ मन्त्रालयले मर्ज गरेर एउटै बनाएर पठाइदिएको बताउनु भयो । उहाँले सडक सुरक्षा ऐन अलग हुनुपर्ने दबाब आफूलाई आइरहेको जानकारी पनि दिनुभयो । यातायात मन्त्रालय भने सडक सुरक्षा ऐन अलग्गै बनाउनुपर्ने पक्षमा रहेको मन्त्री ज्वालाको भनाइ छ  ।

मन्त्री ज्वालाले प्रदेशपिच्छे सवारी करको दर भिन्नभिन्नै हुँदा समस्या उत्पन्न भएको भन्दै एकरुपता ल्याउन आग्रह गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई स्कुटर, टेम्पो र इरिक्साकाको लाइसेन्स उपलब्ध गराउनेबारेमा बढी ध्यान दिन जरुरी रहेको बताउनु भयो । मन्त्री ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिइ पास गरेको प्रमाणपत्र पेस गरेपछि मात्रै ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सार्नुभयो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update