RayNewsDaily
चीनको एउटा रेष्टुरेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, चार जना घाइते       

होशोट । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।    
    
प्रारम्भिक अनुसन्धानले आगलागीबाट सजावट र फर्निचरका सामान डढेको देखाएको छ ।    
    
स्थानीय अग्नि उद्धार टोली घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो ।    
    
घाइतेहरूको उपचार भइरहेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ । सिन्ह्वा 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update