RayNewsDaily
उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन   

रे समाचार/काठमाडौं । हृदयघातका कारण आज विहान उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ ।    
    
बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उहाँलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । उहाँको उपचारका क्रममा विहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।    
    
उहाँका अनुसार न्यायाधीश मरासिनीकी छोरी पोखरामा हुनुभएको र उहाँ पोखराबाट काठमाडौँ आएपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update