रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । हिजो घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ३०.९२ अंक घटेर २०६७.०१ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ४ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४२ प्रतिशतले घटेको छ । यसैगरी मिड सोलु हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर र थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्सका शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा कम्पनीको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्य आज वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।
वित्त उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ । जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।