RayNewsDaily
शेयर बजार घट्दो क्रममा

रे समाचार/कमाठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । गत साताको बुधबारदेखि ओरालो लागिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक ५.३१ अंक घटेर २०६१.७० विन्दुमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । महिला लघुवित्त र रावा इनर्जीको शेयरमूल्य भने ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, एशियन लाइफ इन्स्योरेन्सको करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ भने निफ्राको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो । अन्य उपसमूहको परिसूचक आज सर्वाधिक १.०४ प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update