RayNewsDaily
सीएमजी वसन्त चाडको साङ्गितिक गालाको मुख्य विषयक दिवस दुबईमा आयोजना

पैचिङ । चिनियाँ परम्परागत वसन्त चाड नजिकिँदै आएको परिप्रेक्ष्यमा “ड्रयागनका उत्तराधिकारद्वारा ड्रयागन वर्षको शुभकामना” शीर्षकमा रहेको चाइना मिडिया ग्रुपको साङ्गितिक गालाको मुख्य विषयक दिवस फेब्रुअरी २ तारिख दुबईको प्रसिद्ध टावर खालिफा पार्कमा आयोजना गरिएको छ।

दुबईका लागि महावाणिज्य दूत ली स्यु हाङ, दुबईको मिडिया शहरका म्यानेजर माजिद, संयुक्त अरब इमिरेट्सका लागि चिनियाँ पूँजीद्वारा सञ्चालित व्यवसायका जिम्मेवार व्यक्ति, मिडिया संस्थाका प्रतिनिधि, चिनियाँ प्रवासी, चिनियाँ मूलका विदेशी र विभिन्न मुलुकका मैत्रीपूर्ण व्यक्तिहरू गरी १ हजारभन्दा बढी अतिथिहरू उक्त गतिविधिमा सहभागी भएका छन्।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update