RayNewsDaily
दक्षिण भारतमा 'मङ्की फिवर' का कारण २ जनाको मृत्यु   

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकमा 'मङ्की फिवर' का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।    

मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।    

यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो । सिन्ह्वा)     
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update