RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । आज शेयर बजार समान्य अंक बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४.९२ अंक बढेर २०९०.६४ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो २ अर्ब ५९ करोडको शेयर कारोबार भएकोमा आज २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

आज नेप्सेमा ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, पिपुल्स पावर र इंगवा हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको साढे ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य उपसमूहको परिसूचक भने सर्वाधिक १.५३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update