RayNewsDaily
न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते       

न्युयोर्क । न्युयोर्कको ब्रोंक्स काउन्टी सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो ।    
गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटना बारे अनुसन्धान जारी छ । एएनआई

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update