काठमाडौं । चौथो महिला टी–२० आईमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । योसँगै ५ खेलको टी–२० आई सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ । अव आईतबार खेलिने पाँचौ तथा अन्तिम खेल जित्ने टोलीले सिरिज कब्जा गर्ने छ ।
नेपालले दिएको ९७ रनको सामान्य लक्ष्य मलेसियाले इनिङको अन्तिम बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
मलेसियाको जितमा विनिफ्रेड दुराइसिङ्गमले सर्वाधिक ३८ रनको इनिङ खेल्नु भयो । माहिरा इज्जती इस्माइल १६ रनमा आउट हुनु भयो ।
नेपालका लागि कविता कुँवर, रुबिना क्षेत्री,सीता राना मगर र कविता जोशीले समान १–१ विकेट लिएपनि जितका लागि परियाप्त हुन सकेन ।
यस अघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउनु भयो ।
इन्दु बर्मा र बिन्दु रावलले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेसँगै नेपाल सम्मानजनक योगफलतर्फ गएको थियो । बिन्दु रावल र २४ रन कविता कुवँरले १२ रन बनाउनु भयो । मलेसियाका लागि दुराइसिङ्गमले ३ विकेट लिनु भयो । दुराइसिङ्गमको अलराउण्ड प्रदर्शनमा मलेसियाले नेपाललाई पराजित गर्न सफल भएको हो ।
नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो र तेस्रो खेल क्रमस ७ विकेट र २७ रनको जित दर्ता गरेको थियो । दुइ देश बिचको अन्तिम तथा निर्णायक खेल भोली आईतबार खेलिने छ ।