RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंक बढेर बन्द भएको छ । हिजो उच्च अंकले घटेको शेयर बजार मापक नेप्से आज ५.९१ अंक बढेर २०७६.५० विन्दुमा पुगेको छ । नेप्से सामान्य अंक बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, दोर्दी खोला जलविद्युत् कम्पनी र पिपुल्स पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, गोर्खाज फाइनान्सको साढे १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने प्राइम कमर्सियल बैंकको साढे ११ करोडभन्दा बढीको संस्थापक शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update