RayNewsDaily
सिन्च्याङको काशगर पर्यटकहरूमाझ लोकप्रिय

काठमाडौं । चाइना मिडिया ग्रूपको वसन्त चाड गालाको सहायक-स्थानहरूमध्ये एकको रूपमा, सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय काशगरले विश्वलाई हजार वर्षको इतिहास बोक्ने प्राचीन शहरको अद्वितीय आकर्षण देखाएको छ। बितेका केही दिनयता, काशगर शाखा स्थलको मञ्च पर्यटकहरूका लागि खुला गरिएपछि चिनियाँ तथा विदेशी पर्यटकहरूमाझ लोकप्रिय थलो बनेको छ।

बितेका केही वर्षहरूमा, प्राचीन शहर काशगरमा क्रमिक रूपमा १५ विशेषतायुक्त सडकहरू मिलाइदिएको छ, जसमध्ये खाना बजार खाद्यान्न सडक पहिलेको ३००मिटरबाट ६००मिटरसम्म विस्तारित गरियो। खानाको विविधता ३०बाट ७० किसिमकासम्म बढाइयो। वसन्त चाडको समयमा दैनिक भ्रमण गरेको पर्यटकहरूको संख्या १.५ लाख पुगेको छ। सीएमजी

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update