RayNewsDaily
क्यानडाले दियो दुई सय ४१ रनको लक्ष्य       

काठमाडौं । क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका लागि दुई सय ४१ रनको लक्ष्य पाएको छ ।    
    
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा-११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनायो ।    
    
क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।    
    
बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई÷दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए । रासस

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update