रे समाचार/काठमाडौं । गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको शेयर बजार आज निरन्तर तेस्रो कारोबार दिन पनि घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.७६ अंक घटेर २०३३.०६ विन्दुमा झरेको छ । नेप्से निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि घट्दो क्रममा रहेको छ ।
अघिल्लो कारोबार दिन ३ अर्ब ७७ करोडको शेयर कारोबार भएकोमा आज ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य ८.२७ प्रतिशतले वृद्धि भएको छ । ग्रीनलाइफ हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, किसान लघुवित्तको शेयरमूल्य ७.७१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, साना किसान विकास लघुवित्तकोे १२ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, वित्त, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन बढेको हो ।