RayNewsDaily
शेयर बजार लगातार घट्दो क्रममा  

रे समाचार/काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजार आज पनि घटेरै बन्द भएको छ । आज शेयर बजार मापक नेप्से सूचक ६.४६ अंक बढेर २०२६.५९ विन्दुमा झरेको छ ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । हिजो ३ अर्ब ११ करोड ३५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको बजारमा आज २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपियाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये उत्पादन प्रशोधन बाहेक अन्य सबै उपमूहको सूचक आज नकारात्मक देखिएको छ ।  हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ०.८८ प्रतिशतले घटेको छ ।

आज बोटलर्स नेपाल (बालाजु), हिमालयन ऊर्जा र समाज लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल(तराई)को ९.९९ प्रतिशत र आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ८.५० प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोपावरको ४.२६ प्रतिशत र त्रिशूली जलविद्युत्को शेयरमूल्य ४.०५ प्रतिशतले घटेको छ । हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड २६ लाख, पिपुल्स हाइड्रोपावरको ६ करोड र सगरमाथा जलविद्युत्को ५ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update