RayNewsDaily
चिनियाँ नव वर्ष बसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा दीप प्रज्वलन

रमेश हतुवाली/काठमाडौं । चिनियाँ नव वर्ष बसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरनगरपालीकाको संयुक्त आयोजनामा काठमाडौंको रत्नपार्कमा एक भव्य समारोहबीच सो दीप प्रज्वलनको प्रदर्शनी र चिनियाँ नव वर्ष बसन्त चाडको शुभकामना आदान प्रदान गरिएको हो ।

Spring Festival KTM 121708758580.jpg

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संयुक्त रुपमा हिजो साँझ ड्रागन आकारको लाल्टिनमा बटनमार्फत दीप प्रज्वलन गर्नुभएको थियो । चिनियाँ परम्परागत चन्द्र पात्रो अनुसार लाल्टिन प्रज्वलन कार्यक्रम नव वर्षको आकर्षण र महिमालाई उजागर गर्ने अवसरको रुपमा गरिएको हो । बसन्त चाडमा बालीने बत्तिले चीसो मौसमलाई न्यानो बनाउँछ भन्ने चिनियाँ मान्यता रहेको छ । 

Spring Festival KTM 41708758637.jpg

सो अवसरमा बोल्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले बत्तिलाई आशा र प्रकाशको प्रतिकको रुपमा हेरिएको उल्लेख गर्नुभयो । चीनको लाल्टिन उत्सव र नेपालको तिहार चाड दुवै देशका महत्वपूर्ण पर्व भएको र यस्ता पर्वहरुले शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गर्ने उहाँको भनाई छ ।

Spring Festival KTM 61708758688.jpg

दीप अर्थात बत्तिले अघिको बाटो.देखाउने हुँदा विगतका वर्षमा चीन र नेपालले एकअर्कालाई बाटो देखाउँदै संगसँगै अगाडि बढेको राजदूत छन् सोङले बताउनु भयो । चिनियाँ नव वर्ष बसन्त चाडको शुभकामना व्यक्त गर्नुहुँदै राजदूत छन् सोङले चीन र नेपालबीचको राजनैतिक तथा पारस्परिक विश्वास निरन्तर रुपमा सुदृढ हुँदै गएको र आर्थिक, व्यापारिक तथा साँस्कृतिक आदानप्रदान झनै नजिकिएको भन्दै खुसी व्यक्त गर्नुभयो । 

Spring Festival KTM 111708758728.jpg

राजदूत छन् सोङले चीन र नेपालबीचको रणनीतिक साझेदारीले फड्को मार्दै नयाँ उचाई हासिल गरेको पनि बताउनु भयो । समारोहमा बोल्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चीनमा यस वर्ष मनाईने ड्रागन नव वर्ष साहस, शक्ति र भाग्यको प्रतिक मानिएझै चीनलाई पनि शक्ति र भरोसा गर्न सकिने राष्ट्रको उचाइमा पुर्याउन सकिने बताउनु भयो । मन्त्री किरातीले बसन्त चाडको उपलक्ष्यमा चिनियाँ जनतालाई शुभकामना दिनुहुँदै नेपाल र चीनबीचको सम्बन्ध हिमालझै अटल रहने विश्वास व्यक्त गर्नुभयो । 

Spring Festival KTM 191708758880.jpg

समारोहमा चिनियाँ संस्कृति झल्काउने विभिन्न नृत्यहरु प्रस्तृत गरिएको थियो । साथै नृत्य मार्फत प्राचीन चिनियाँ चियाबारीकोे प्रेमगीत, सुनौलो दिन आदिको साँकेतिक भाव प्रस्तृत गरिएको थियो भने नेपाली र चिनियाँ संस्कृति झल्काउने दीप पनि प्रदर्शन गरिएको थियो ।

Spring Festival KTM 181708758928.jpg

Spring Festival KTM 151708758981.jpg

Spring Festival KTM 101708759019.jpg

Spring Festival KTM 51708759059.jpg

Spring Festival KTM 31708759120.jpg

Spring Festival KTM 21708759145.jpg

Spring Festival KTM 71708759176.jpg

Spring Festival KTM 161708759206.jpg

Spring Festival KTM 131708759241.jpg

Spring Festival KTM 11708759267.jpg

Spring Festival KTM 171708759288.jpg

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update