RayNewsDaily
चिनियाँ राष्ट्रको पुनरुत्थानको लागि एकजुट भएर प्रयास गर्ने आवश्यकतामा महासचिव  चिनफिङको जोड

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको सान्दर्भिक नियमहरू अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यहरू, सीपीसी केन्द्रीय समितिको सचिवालयका सचिव, राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका सदस्यहरू, राज्य परिषद्का सदस्यहरू, चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरू, सर्वोच्च जनअदालत र सर्वोच्च जन न्यायाधिवक्ता कार्यालय अन्तर्गत पार्टी समूहका सचिवले प्रत्येक वर्ष सीपीसी केन्द्रीय समिति र महासचिव सी चिनफिङलाई लिखित रूपमा आफ्नो कार्य प्रतिवेदन प्रस्तुत गर्ने गर्छन्।

हालै सम्बन्धित व्यक्तिहरूले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र महासचिव सी चिनफिङलाई लिखित रूपमा आफ्नो कार्य प्रतिवेदन प्रस्तुत गर्दै जानकारी गराउनुभएको छ। 

महासचिव सी चिनफिङले कार्य प्रतिवेदनको सावधानीपूर्वक समीक्षा गर्दै महत्वपूर्ण माँगहरू अगाडि बढाउनुभएको छ। उहाँले आफ्नो जिम्मेवारीको आधारमा चिनियाँ शैलीको आधुनिकीकरणलाई बढाउने, राजनीतिक जिम्मेवारीलाई अझ स्पष्ट र बलियो बनाउने, र शक्तिशाली देशको निर्माण तथा चिनियाँ राष्ट्रको पुनरुत्थानको महान कार्यका लागि एकजुट भएर प्रयास गर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।सीएमजी

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update