RayNewsDaily
वाफ महिला च्याम्पियनसिपमा फाइनल पुग्न नेपाल  लेबनानसँग  खेल्दै

रे समाचार/काठमाडौं। नेपालले वाफ महिला च्याम्पियनसिपमा आज लेबनानसँग खेल्दैछ । समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लाखेको हो । 

पश्चिम क्षेत्र (वाफ) च्याम्पियनको डेब्यू खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । पहिलो खेलमा सिरियालाई ४-१ गोलले हराएको नेपालले दोस्रो खेलमा इराकलाई ५-० ले पाखा लगाएको थियो । तेस्रो तथा अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० गोलले पराजित गरेको थियोे । 

खेल नेपाली समय अनुसार राति पौने ११ बजे साउदी अरेबियाको जद्दाह स्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रिजर्भ स्टेडियममा  हुनेछ । गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा अपराजित यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ । 

नेपाल समूह ‘बी’ का तीनै खेलमा जित निकाल्दै विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो भने लेबनान समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

आजै हुने अर्को खेलमा प्यालेस्टाइन र जोर्डन आमनेसामने हुनेछन् ।  आजका विजेता टोलीले बिहीबार उपाधिका लागि खेल्नेछन् ।


 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update