RayNewsDaily
गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण  : प्रधानमन्त्री   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत-सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ ।    
    
आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उहाँको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले स्व. आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।    
    
प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुले आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।    
    
भजन शिरोमणि उपाधि पाउनुभएका उहाँको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।    
    
गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।    
    
विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । नेपाली सुगम सङ्गीतमा उहाँको महत्वपूर्ण योगदान छ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update