RayNewsDaily
चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन शुरू

पैचिङ । चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन आज बिहानदेखि जन बृहत् सभा भवनमा शुरु भएको छ । चिनियाँ राष्ट्राध्यक्ष एवं चिनियाँ कम्युिनष्ठ पार्टीका महासचिव सी चिन फिङ लगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनका नेतागणहरु उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । राज्य परिषदका प्रधानमन्त्री ली छ्याङले सो अधिवेशनसमक्ष सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

NCP 21709637082.jpg

कार्य प्रतिवेदनमा प्रधानमन्त्री ली छ्याङले विगत एक वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको भावना चौतर्फी रुपमा अपनाउने पहिलो वर्ष हुनुका साथै यस पटकको सरकारले ऐन बमोजिम जिम्मेवारी वहन गर्ने पहिलो वर्ष हो भन्नुभयो । उहाँले भन्नुभयो- ''निकै जटिल अन्तर्राष्ट्रिय वातावरण र सुरक्षा, विकास तथा स्थिरताका लागि कठिन जिम्मेवारीको सामना गर्दै कमरेड सी चिन फिङमा केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले एकजूट भएर चीनका सम्पूर्ण जातिहरुका जनताको नेतृत्व गर्दै बाह्य दबाब तथा आन्तरिक कठिनाइको समाधान गरी अथक प्रयास गर्दै आएको छ । कोरोना महामारीको प्रतिरोध तथा नियन्त्रण कार्यमा निर्णायक विजय प्राप्त गरेको छ। गत वर्षको आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य सफलताका साथ पूरा भएको छ, उच्च गुणस्तरीय विकास स्थिरताका साथ अघि बढेको छ, समाजको स्थिर परिस्थिति कायम भएको छ, समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फी रुपमा निर्माणका लागि दृढताका साथ पाइला सारिएको छ ।''

NCP   51709637331.jpg

आर्थिक विकास समग्र रुपमा स्थिरताका साथ पुन:उत्थान हुँदै आएको धारणा उहाँले राख्नुभयो । सन् २०२३ मा चीनको कूल गार्हस्थ उत्पादन मात्रा १२६० खर्ब चिनियाँ युआन नाघेको जानकारी दिंदै उहाँले भन्नुभयाो- ''सन् २०२२ को तुलनामा ५.३ प्रतिशतले बढेको छ। चीनको आर्थिक विकासको वृद्धि दर विश्वका मुख्य आर्थिक समूदायहरुमध्ये अग्र स्थानमा रहेको छ । शहर तथा गाउँबस्तीमा नयाँ थपिएको रोजगारीको संख्या १ करोड २४ लाख ४० हजार पुगेको छ भने शहर तथा गाउँ बस्तीमा बेरोजगारी दर ५.२ प्रतिशत रहेको छ। उपभोक्ता मूल्य सूचि ०.२ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय आय तथा खर्च आधारभूत रुपमा सन्तुलित छ ।''

NCP   61709637382.jpg

आधुनिक उद्योगको प्रणालीको निर्माणमा महत्त्वपूर्ण प्रगति हासिल भएको छ। परम्परागत उद्योग तीव्र गतिले नयाँ खालको उद्योगमा परिणत गरिएको छ भने रणनीतिक नवोदित उद्योगको गतिशीलतका साथ विकास हुँदै आएको जानकारी प्रधानमन्त्री ली छ्याङले दिनुभयो । भावि उद्योगको व्यवस्थित रुपरेखा बनेको छ भने उन्नत उत्पादन उद्योग तथा आधुनिक सेवामुलक उद्योग गहन रुपमा मिसिएको छ उल्लेख गर्दै उहाँले भन्नुभयो- ''महत्त्वपूर्ण उद्योगको सिर्जनात्मक उपलब्धि अन्तर्राष्ट्रिय उन्नत स्तरमा पुगेको छ। चीनबाट उत्पादित ठूलो विमान सी ९१९ को व्यापारिक संचालन शुरू भएको छ, चीनबाट उत्पादित ठूलो जहाजको सफल निर्माण भएको छ, नयाँ ऊर्जायुक्त मोटर-गाडीको उत्पादन तथा विक्री मात्रा विश्वमा ६० प्रतिशतभन्दा बढी पुगेको छ ।''

प्रधानमन्त्री ली छ्याङले कार्य प्रतिवेदनमा भन्नुभएको छ :

विज्ञान तथा प्रविधिको आविष्कारमा नयाँ उपलब्धि हासिल भएको छ। राष्ट्रिय प्रयोगशाला प्रणालीको निर्माण सबल रुपमा अघि बढ्दै आएको छ। केन्द्रीय प्रविधिमा फड्कोमार्ने विकास भएको छ। अन्तरिक्ष एन्जिन, ग्यास टर्बाइन, आणविक ऊर्जाबाट बिजुली निकाल्ने चौथो पुस्ताको उपकरण लगायत उन्नत प्रबन्धहरुको अनुसन्धानमा विशाल प्रगति हासिल भएको छ। एआई तथा क्वान्टम प्रविधि लगायत अग्र स्थानमा सिर्जनात्मक उपलब्धिहरु निरन्तर रुपमा देखा पर्दै आएको छ। प्रविधि सम्बन्धी करारको रकम २८.६ प्रतिशतले बढेको छ। सिर्जनात्मक विकासको क्षमता निरन्तर रुपमा उकासिँदै आएको छ।

NCP   71709637456.jpg

सुधार तथा खुलापन कार्यलाई गहनरूपमा बढाइएको छ। नयाँ चरणको संस्थाको सुधार केन्द्रीय तहमा आधारभूतरूपमा पूरा भएको छ भने स्थानिय तहको सुधार व्यवस्थितरूपमा चलिरहेको छ। देशभरि एकीकृत ठूलो बजारको निर्माणलाई सबल पारिएको छ। राष्ट्रिय व्यवसायको सुधारलाई गहिरो र माथि उकास्ने कार्वाही चलाइएको छ भने गैर-सरकारी आर्थिक क्षेत्रलाई विशाल बनाउने नीति लागू गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा निर्यातको अनुपात स्थीर छ, विदेशी पूँजीको व्यावहारिक प्रयोगको बनौट श्रेष्ठ भएको छ र “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण गर्ने अन्तर्राष्ट्रिय प्रभाव शक्ति अझ स्पष्ट बढेको छ।

सुरक्षा तथा विकासको आधार शक्तिशाली भएको छ। अन्नबालीको उत्पादित मात्रा १३ खर्ब ९० अर्ब किलो पुगेको छ जसले ऐतिहासिक रेकर्डिङ सिर्जना गरेको छ। ऊर्जा-स्रोतको आपूर्ति स्थीर छ। आर्थिक तथा बैँकिङ मुख्य क्षेत्रको जोखिम क्रमशः हटेको छ। आधुनिकीकरणको आधारभूत प्रबन्धको निर्माण निरन्तररूपमा बलियो भएको छ।

NCP   81709637529.jpg

पर्यावरणीय वातावरणको गुणस्तरमा सुधार भएको छ। प्रदूषणको प्रतिरोध तथा कार्यान्वयन गहनरूपमा गरिएपछि मुख्य प्रदूषित बस्तुको निष्काशित मात्रा निरन्तर कम भएको छ र पानी तथा समुद्रीय किनारा नजिकको पानीको गुणस्तरमा निरन्तर सुधार आएको छ।

जनजीवनको प्रत्याभूति सशक्त र प्रभावकारी रहेको छ। बासिन्दाको प्रतिव्यक्तिको आम्दानी ६.१ प्रतिशतले वृद्धि भएको छ भने शहर तथा गाउँघरका बासिन्दाको आम्दानीको भिन्नता निरन्तररूपमा घट्दैदै गएको देखिन्छ। गरिबी निवारणको प्रतिफल अझ सृदृढ बन्नुका साथै विपन्न अवस्थाबाट उन्मुलन भएका ग्रामीण क्षेत्रका बासिन्दाको आम्दानी ८.४ प्रतिशतले वृद्धि भएको छ। चीनले अनिवार्य शिक्षा, आधारभूत पेन्सन र आधारभूत चिकित्सा लगायतका वित्तीय सहायतालाई बढाउनुका साथै सहायता र प्रत्याभूति दिने व्यक्ति र परिवारको परिधिको विस्तार गर्दैआएको छ। चीनले वृद्धवृद्धा र बालबालिकाको व्यक्तिगत अतिरिक्त आयको कर घटाउने मापदण्डलाई उकासेपछि ६ करोड ६० लाख करदाता लाभान्वित भएका छन्। यसका अतिरिक्त चीनले शहर र ग्रामीण क्षेत्रका पुराना आबास क्षेत्र र बस्ने घरभवनको सुधार-कार्य र प्रत्याभूतियुक्त घरजग्गाको आपूर्तिलाई सबल पारेपछि करोडौँ परिवार लाभान्वित भएका छन् । 

बितेको १ वर्षको पुन:सिँहावलोकन गर्दा अधिकांश जटिल कठिनाईहरू आइपरेका छन्। तैपनि चीनको अर्थतन्त्रले प्रगतिशील विकासमार्फत प्रशस्त उपलब्धि प्राप्त गरेको छ। देशभरको साझा प्रयासमार्फत चीनले पूरै वर्षको निर्धारित विकास लक्ष्यलाई साकार तुल्याउनुबाहेक धेरै पक्षहरूमा सकारात्मक परिवर्तन हुने प्रवृत्ति पनि देखा परेको छ। हामीले नयाँ युगमा आर्थिक कार्य राम्रोसँग चलाउने बुझाईलाई गहन पार्नुका साथै ठूल्ठूला कठिनाईलाई जित्ने मूल्यवान अनुभवको पनि सङ्कलन गरेका छौँ। तथ्यबाट के प्रमाणित छ भने कमरेड सी चिनफिङ केन्द्रीत रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको दृढ नेतृत्वमा चिनियाँ जनताले साहस, बुद्धिमत्ता र क्षमता लिएर जुनसुकै कठिनाई, अवरोध र खतरालाई जित्ने छ। चीनको विकासको भविष्य आशावादी र उज्ज्वल हुनेछ । सिएमजी
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update