RayNewsDaily
चीनको आर्थिक विकासबाट नेपाल लगायतका छिमेकी देशहरुलाई पनि फाईदा पुग्ने विज्ञहरुको भनाइ

रमेश हतुवाली/काठमाडौं । नेपालको उत्तरी छिमेकी चीनले गरेको द्रुत आर्थिक विकासले नेपाल लगायतका छिमेकी मुलुकलाई पनि फाइदा पुग्नसक्ने विज्ञहरुले बताएका छन् । चाईना मिडिया ग्रुपले आज काठमाडौंमा आयोजना गरेको “चीनको आर्थिक विकास र छिमेकी देशहरुका लागि नयाँ अवसर” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले सो विचार व्यक्त गरेका हुन् । 

DSC054471709842566.jpg
नेपाल-चीन युवा मैत्री संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिष्टको सह-आयोजना सम्पन्न सो कार्यक्रममा बोल्नुहुँदै चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले चीनले लिएको आर्थिक नीतिले विश्वलाई नै प्रभाव पार्ने बताउनुभयो । नेपाल सरकारका पूर्वमुख्य सचिव समेत रहनु भएका पौड्यालले चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई पनि फाइदा पुग्ने धारणा व्यक्त गर्नुभयो । पौडेलले नेपाल र चीनबीचको सम्वन्धलाई फलदायी बनाउन राजनीतिक र उच्च तहमा चीनप्रतिको बुझाईमा एकरुपता हनुपर्नेमा जोड दिनुभयो । नेपाल चीनको छिमेकी मुलुक भएको कारणले पनि चीनको नीतिले नेपाललाई प्रभाव पार्दैन भन्न नमिल्ने पौड्यालको टिप्पणी छ । 

Leelamani Paudel_PUB_1709890950.jpg

वरिष्ठ लेखक तथा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फड्को मारेको बताउनुभयो । नेपाल ल्याण्डलक कन्ट्री नभई ल्याण्ड लिक कन्ट्री भएको भन्दै कुटनीतिज्ञ श्रेष्ठले छिमेकी चीनले हासिल गरेका उपलब्धिहरुबाट फाईदा लिएर नेपालको विकास र सम्वृद्धिलाई अगाडि बढाउन सक्नुपर्नेमा जोडदिनुभयो । 

Hiranya Lal Shrestha_PUB_1709891060.jpg

नेपालस्थित चिनियाँ राजदूतावासका डि.सी.एम. वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फड्को मार्न सफल भएको जानकारी दिनुभयो । उहाँले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रमा ४२ प्रतिशत योगदान गरेको दाबीसमेत गर्नुभयो ।     

DCM Wang Xin _PUB_1709891153.jpg

चीनको रनमिन विश्व विद्यालयस्थित डिपार्टमेन्ट अफ क्वोओपरेटिभ रिसर्चका निर्देशक डाक्टर लिउ यीङले चीनको द्रुततर आर्थिक विकास, नेपालको आर्थिक विकासका सम्भावना र चिनियाँ सहयोगका बारेमा बोल्नुहुँदै पर्यटन र जलस्रोत क्षेत्रको विकासमार्फत नेपालको समृद्धि सम्भव हुने बताउनु भयो । 

Liu Ying1709891375.jpg

चाईना मिडिया ग्रुप अन्तरगतको नेपाली विभागका सहायक निर्देशक लिउ वेनले चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन वारे जानकारी दिनुहुँदै चीन र नेपालबीच परम्परागत रुपमा रहँदै आएको सम्बन्ध दिन प्रतिदिन विकसित भैरहेको बताउनु भयो ।

liu Wen1709891543.jpg

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग प्राचिन कालदेखि नै नेपालको व्यापार व्यवसाय चलिरहेको भएपनि चीनसँग व्यापारीक कारोवार गर्दा भुक्तानी र भिसाको समस्या रहेको जानकारी दिनुभयो । 

 

Ramchandra Parajuli_PUB_1709891628.jpg

चीन अध्ययन केन्द्रका सचिव तथा रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेलले चीनको उदाउँदो अर्थतन्त्र विश्वको दोश्रो ठूलो अर्थतन्त्रको रुपमा स्थापीत भैसकेको अवस्थामा नेपाल लगायतका छिमेकी देशहरुले चीनको विकासबाट फाईदा लिन सक्ने नयाँ अवसर सृजना भएको बताउनु भयो । 

Prakash Babu Paudel_PUB_1709891724.jpg

चाइना मिडिया ग्रूप, दक्षिण एसिया ब्यूरोका प्रमुख चाङ युए वर्षाले चीनमा यही मार्च ४ र ५ तारिखदेखि सुरु भएका चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक अधिवेशन वारे जानकारी दिनुभयो । उहाँँले यी अधिवेशनहरुमा चीनको समृद्धि र विकाससँग नेपाल लगायतका छिमेकी देशहरुको समेत विकास र समृद्धिका लागि आवश्यक नीति निर्माण समेत हुने भएकोले दुवै अधिवेशनबारे नेपाली जनताका विचार सुन्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 

Zhang Yue Barsha1709891822.jpg

नेपाल-चीन युवामैत्री सङ्घका अध्यक्ष विष्णु सापकोटाले नेपाल–चीन सम्बन्धबारे जनतामाझ रहेको भ्रम चिर्दै नेपालको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।  

Bishnu Sapkota_PUB_1709891894.jpg

  
निर्यात व्यवसायी महासंघका अध्यक्ष शङ्कर पाण्डेले चीनको आर्थिक विकासबाट नेपालले प्रशस्त फाईदा लिनसक्ने सम्भावना भएको बताउनु हुँदै उहाँले व्यापारीक कारोवारका लागि भुक्तानी प्रक्रियालाई सहज बनाउनु पर्नेमा जोडदिनुभयो । 

Shankar Pande_PUB_1709892075.jpg

नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र साहले चीनमा सञ्चालन भैरहेका दुई वटा अधिवेशनहरुको सफलताको कामना गर्नुहुँदै चीनको विकासबाट नेपालले पनि फाईदा लिन सक्ने प्रशस्त सम्भावना भएको बताउनु भयो । चीनका नागरिकहरुले जस्तै नेपाली जनाताले पनि आफ्नै श्रम, शीप र क्षमतामा नेपाल निर्माण गर्ने प्रयासमा लाग्नु आजको आवश्यकता भएको डा. साहको भनाई छ । 

Harish Chandra Shah_PUB.1709893022.jpg

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन र चिनियाँ राष्ट्रिय जनकंग्रेसको चीनको राजधानी पैचिङमा सञ्चालन भैरहेका वार्षिक अधिवेशनको सन्दर्भमा आयोजित सो कार्यक्रममा बोल्नुहुँदै वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, प्रोफेसर डाक्टर बालमुकुन्द रेग्मी, नेपाल-चाईना  फ्रेण्डसीप फोरमका अध्यक्ष डाक्टर कल्याण राज शर्मा, हब्स एण्ड हर्बल प्रडक्स् एशोसिएशन नेपालका अध्यक्ष प्रेमराज तिवारी लगायतले नेपाल र चीनबीचको सम्बन्ध जुन गतिमा विकसित हुनुपर्ने हो त्यसो हुन नसकेको बताउनुभयो ।   

Dipak Sarkar, Bal Mukunda Regmi_1709901082.jpg

 

Kalyan_prem_1709901122.jpg
उहाँहरूले दुई देशबीच सम्पर्कका लागि भाषाको समस्या, चीनमा व्यापारीक कारोवार गर्दा लेनदेनको समस्या, सीमानाकामा प्रयोगशाला नहुँदाका समस्या, नेपालमा चिनियाँ बैंक नभएको कारण भुक्तानीको समस्या लगायतका विविध विषयमा चर्चा गर्नुहुँदै चीनको विकासबाट अझ बढी फाईदा लिन विभिन्न प्रयास गर्नुपर्नेमा जोडदिनु भयो । Ramesh Hatuwali DSC_93521709901233.jpg

सो कार्यक्रममा राजनीतिज्ञ, कुटनीतिज्ञ, व्यापार व्यवसायी, समाजसेवी, मैत्री संस्थाका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदुतावासका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणगरी झण्डै ९० जनाको सहभागिता रहेको थियो ।

DSC_92601709901363.jpg
   

DSC052791709901540.jpgफोटो : उद्धव बोगटी, भिओके न्यूज

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update