महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथमा रमितेहरुको लस्कर

रमेश हतुवाली/काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा काठमाडौंस्थित पाशुपत क्षेत्रमा दर्शनार्थी र रमितेहरुको घुईचो लागेको छ । भोलि महाशिवरात्री पर्वको भव्य तयारी चलिरहँदा भारतका विभिन्न शक्तिपठ र धार्मिकस्थलहरुबाट सैयौंको संख्यामा साधु, सन्त, महन्थ पुशुपतिनाथ परिसरमा पुगेका छन् ।
त्यसैगरी अमेरिका, युरोप, जापान, चीन लगायत देशका पर्यटकहरु पनि महाशिवरात्री पर्वको अवसरमा पाशुपत क्षेत्रमा पुगेका छन् । पाशुपत क्षेत्रमा आज दिउसो ४ बजेदेखि नै रमितेहरुको लर्को लागेको भएपनि राती ११ बजेसम्ममा दशौं हजारको भीड त्यस क्षेत्रमा देख्न पाईन्थ्यो ।
सरकारले पाशुपतक्षेत्रमा ४ हजारको संख्यामा सादापोशाक र पोशाकमा सुरक्षाका लागि प्रहरीहरु खटाएको छ । फोटो फिचर....
फोटो : प्रकाश बाबु पौडेल/रमेश हुतवाली
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० २३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय