RayNewsDaily
चाइना मिडिया ग्रुपद्वारा १२ नयाँ विदेशी भाषा थप

काठमाडौं । चालू वर्षको दुई राष्ट्रिय अधिवेशन जारी रहँदा चाइना मिडिया ग्रुपअन्तर्गत ६८ वटा विदेशी भाषामा सञ्चालित सीजीटीएनले १२ नयाँ विदेशी भाषा थप गरेको छ। ती विदेशी भाषाले अफ्रिका, दक्षिण-पूर्वी एशिया, दक्षिण एशिया, मध्य-पूर्व, ल्याटिन अमेरिका, दक्षिण प्रशान्तका अनेकन् क्षेत्रहरू ढाकेको छ। अझै धेरै मुलुक तथा क्षेत्रका नागरिकले सीजीटीएनले थपेको नयाँ भाषीय सामाजिक सञ्जाल चौतारोमार्फत चीनको आवाज सुन्न सक्ने छन्।

20240308211544652181710062445.png

८० वटा विदेशी भाषामार्फत प्रसारण गरिने चाइना मिडिया ग्रुप सबैभन्दा बढी भाषामा सञ्चालित अन्तर्राष्ट्रिय मुख्य सञ्चार-माध्यम बनेको छ। मार्च ७ तारिख चौधौँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनको कुटनीति विषयक पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्री वाङ यीले “चीन दृढतापूर्वक शान्तिको शक्ति, स्थिरताको शक्ति, प्रगतिको शक्ति बन्ने” शीर्षकमा सम्बोधन गर्नुभएको थियो।

20240308211603652991710062485.png

सीजीटीएनले अमहारिक, मालागासी, पञ्जाबी आदि विदेशी भाषामा सामाजिक सञ्जालमा पछिल्लो समाचार सार्वजनिक गरेको छ। चीनको कुटनीतिक नीति र महत्वपूर्ण अडान अफ्रिका, एशिया, दक्षिण प्रशान्ततर्फ पठाइएको छ।

चीनका राष्ट्रिय दुई अधिवेशनसम्बन्धी समाचारबाहेक, सीजीटीएनका नयाँ  विदेशी भाषीय पृष्ठमा “यहाँ चीन छ” लगायत नयाँ युगमा चीनको पर्यटन, संस्कृति, अर्थतन्त्र, सामाजिक जीवनसम्बन्धी फोटोहरू सार्वजनिक गरिएका छन्। सीएमजी

 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update