RayNewsDaily
चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४ औं अधिवेसनको दोस्रो वार्षिक बैठक सम्पन्न

काठमाडौं । चीनको सर्वोच्च विधायिकी अंग चिनियाँ राष्ट्रिय जन कांग्रेसको १४ औं अधिवेशनको दोस्रो वार्षिक बैठक सम्पन्न भएको छ । आज दिउसो चीनको राजधानी पैचिङस्थित जन बृहत् सभा भवनमा सो बैठक भव्य रुपमा सम्पन्न भएको हो ।

यही मार्च ५ तारिखदेखि सुरु भएको सो बैठकले सरकारको कार्य प्रतिवेदन र राष्ट्रिय जनकांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनलाई अनुमोदन गरेको छ । साथै सो बैठकले राज्य परिषद्को नयाँ संशोधित जैविक कानून पारित गरेको छ । बैठक समापन समारोहमा सहभागी हुनुभएका चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले सार्वजनिकीकरणका लागि राष्ट्राध्यक्ष नम्बर २१ आदेशमा हस्ताक्षर गर्नुभएको चाईना मिडिया ग्रुपले जनाएको छ । सो समारोहमा चीनका प्रधानमन्त्री लि छ्याङ लगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

CNPC President 11710167037.jpg

सो बैठकले मतदान मार्फत् सरकारी कार्य प्रतिवेदनको निर्णय, राज्य परिषदको नयाँ संशोधित जैविक कानून, सन् २०२३ को राष्ट्रिय आर्थिक तथा सामाजिक विकास योजनाको कार्यान्वयन विषय र सन् २०२४को राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको योजना प्रस्ताव, सन् २०२३ को चिनियाँ केन्द्रीय तथा मातहतका विभिन्न क्षेत्रको बजेट कार्यान्वयन परिस्थिति र सन् २०२४ को केन्द्रीय तथा सो अन्तर्गत विभिन्न क्षेत्रको बजेट सम्बन्धी निर्णय, चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको कार्य प्रतिवेदन सम्बन्धी निर्णय, सर्वोच्च जन अदालतको कार्य प्रतिवेदन सम्बन्धी निर्णय र सर्वोच्च जन अधिवक्ताको कार्य प्रतिवेदन सम्बन्धी निर्णयलाई पारित गरेको छ । 

CNPC President 31710167063.jpg

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update