RayNewsDaily
नेपालले म्यानमारसँग खेल्दै

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । 

नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेपछि शुरु हुनेछ । दुबै देश जित सहित प्रतियोगिताको सुरुवात गर्ने योजनामा छन् । 
 नेपाली टोलीका प्रशिक्षक यम प्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको र दोस्रो चरणमा पनि सोही मनोवलका साथ खेल्ने बताउनु भएको छ । छनोटको समूह ‘बी’ मा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेई छन् । यसैगरी नेपाले जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेइसँग हुनेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update