RayNewsDaily
शेयर बजारमा झीनो वृद्धि

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३.२७ अंक बढेर २०७३.५३ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ३ बर्अ ३८ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज पाँचवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर, धौलागिरी लघुवित्त वित्तीय संस्था र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ५.१५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको साढे १३ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ । विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । बैंकिङ्ग, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक भने घटेको हो ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update