रे समाचार/काठमाडौं । हिजो सामान्य अंक बढेको शेयर बजार आज घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो २ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, इन्फिनिटी लघुवित्त, भगवती हाइड्रोपावर र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज २५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयलको करिब १९ करोडको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १६ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत बढेको हो । त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सर्वाधिक १.३८ प्रतिशतले घटेको छ ।