RayNewsDaily
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने   

काठमाडौं । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।    
    
विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।    
    
मौसमविद् झाले रासससँग कुरा गर्दै भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यो क्रम अझै केही दिन जारी रहनेछ ।” रासस

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update