RayNewsDaily
पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलनको आयोजना

काठमाडौं । पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलन आजदेखि शुरू भएको छ । ४ दिनसम्म चल्ने मञ्च अवधिमा सहभागी भएका देशी र विदेशी अतिथिहरूले “एशिया र विश्व: संयुक्त चुनौती र साझा कर्तव्य” भन्ने मुख्य नारा बमोजिम गहन रूपमा विचार विमर्श गर्ने छन्।

Boao Forum pic 11711962001.jpg

उक्त वार्षिक सम्मेलनको पहिलो पत्रकार सम्मेलन २६ तारिख पोआउ एशिया मञ्च सन् २०२४ वार्षिक सम्मेलनको प्रेस केन्द्रमा आयोजना गरिएको छ। मञ्चका महासचिव ली पाउ तोङले सो वार्षिक सम्मेलनको तयारी अवस्थाबारे जानकारी दिनुभयो। सम्मेलनमा दुईवटा प्रतिवेदन पनि जारी गरिएको छ।

चाईना मिडिया ग्रुपका अनुसार, चालु वर्षको वार्षिक सम्मेलनलाई “४ प्लस १” अर्थात् विश्व अर्थतन्त्र, विज्ञान प्रविधिको सिर्जनशीलता, सामाजिक विकास, अन्तर्राष्ट्रिय सहकार्य र सँगै मिलेर चुनौतीको सामना भन्ने जम्मा ५ वटा मुख्य विषयमा विभाजन गरिएको छ। सहभागी भएका अतिथिहरूले विभिन्न क्षेत्रको दृष्टिबाट गहन रूपमा वर्तमान एशिया र विश्व सामु देखा परेका चुनौती र अवसरको विश्लेषण गर्ने छन्।

आजको पत्रकार सम्मेलनमा “एशियाको आर्थिक भविष्य र एकरूपता प्रक्रिया सन् २०२४ वार्षिक प्रतिवेदन”लाई पनि सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update