RayNewsDaily
प्रधानमन्त्री भन्नुहुन्छ, 'खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछु'

रे समाचार/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू पनि रहेको भन्दै पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गर्दै खेलकुदका गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको बताउनु भयो । उहाँले नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा कतारका राजाले नेपाल भ्रमण गर्न लाग्नुभएको जानकारी गराउँदै भ्रमणलाई लक्षित गर्दै सरकारले क्षेत्र-क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा सम्झौताको तयारी गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सम्झौता ऐतिहासिक हुने पनि बताउनु भयो । 


 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update