प्रतिनिधिसभाको बैठक अवरुद्ध
रे समाचार/काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा सम्लग्नताबारे छानविन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँगेस र विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर बैठक अवरुद्ध पारेका हुने ।
त्यसलगत्तै नेपाली काँग्रेसका सचेतक सुशीला थिङले सहकारी करोडौको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १३:०६
प्रतिक्रिया दिनुहोस्