RayNewsDaily
प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित   

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।    
    
आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दो¥याएपछि सदन अवरुद्ध भएको थियो ।    
    
सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि विहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो । रासस

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update