RayNewsDaily
राप्रपाको प्रदर्शन मा झडप हुँदा १४ घाइते, २ जना प्रहरी नियन्त्रणमा

रे समाचार/काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना कार्यकर्ता घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन् । ४० बुँदे माग राखेर आज राप्रपाले गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी  दीपक थापाले जानकारी दिनुभएको छ ।

थापाका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले  राप्रपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उहाँलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।

प्रदर्शनकारीमाथि सुरूमा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनका क्रममा आज उपत्यकाको ट्राफिक व्यवस्था पनि अस्तव्यस्त बनेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update