कतारका अमिर आउँदा भोलि सार्वजनिक बिदा
रे समाचार/काठमाडौं । सरकारले भोलि मंलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भोलि नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।
मन्त्रीको सचिवालयका नरेन्द्र केसीले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिनुभयो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ १२:५९
प्रतिक्रिया दिनुहोस्