काठमाडौं । स्थानीय समयअनुसार हिजो आईतबार पपुवा न्यु गिनीका प्रधानमन्त्री जेम्स मारापेले मोरेस्बी बन्दरगाहमा चीनका परराष्ट्र मन्त्री वाङ यीसँग भेटघाट गर्नुभएको छ। दुई पक्षीय सो भेटघाटमा हार्दिक र मैत्रीपूर्ण आदान(प्रदान भएको छ।
उक्त भेटघाटमा वाङ यीले मारापेलाई चिनियाँ नेताहरूको अभिवादन सुनाउनु भएको थियो । वाङ यीले राष्ट्राध्यक्ष सी चिनफिङले मारापेसँग धेरै पटक रणनीतिक आदान(प्रदान गर्नुभएको बताउँदै दुई मुलुकका नेताहरूबीचको पारस्परिक विश्वास र मित्रताले दुई मुलुकको सम्बन्ध विस्तारका लागि महत्वपूर्ण योगदान प्रत्याभूति गरेको उल्लेख गर्नुभयो। चाईना मिडिया ग्रुपका अनुसार दुई पक्षले केन्द्रीय हितसित सम्बन्धित समस्यामा एक अर्कालाई समर्थन दिएका र दुई मुलुकको पारस्परिक हितयुक्त सहयोग निरन्तर रुपमा बलियो भएको कुरामा वाङ यीले जोड दिनुभयो। पपुवा न्यु गिनीको विकास प्रक्रियामा चीन भरपर्दो सहयोगात्मक साझेदार हुने बताउँदै चीनले पपुवा न्यु गिनीसँग अर्थतन्त्र तथा व्यापार, ऊर्जा स्रोत, बित्त, आधारभूत प्रबन्धको निर्माणआदि क्षेत्रहरूको सहयोगलाई बढाउने वाङ यीले उल्लेख गर्नुभयो।
मारापेले पपुवा न्यु गिनीले प्रतिबद्धतालाई अक्षरशःपालना गर्ने र एक चीनको नीतिलाई पालना गर्ने कुरा व्यक्त गर्नुका साथै पपुवा न्यु गिनीले चीनको सफल अनुभव सिक्ने र चीनसँग विभिन्न क्षेत्रमा पारस्परिक हितयुक्त सहयोगलाई गति प्रदान गर्ने बताउनुभयो।