RayNewsDaily
बझाङ उपनिर्वाचनको मतगणनाअघि सर्वदलीय बैठक      

चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।    
    
 मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उहाँले बताउनुभयो ।    
    
शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । रासस   

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update