RayNewsDaily
इलाम उपनिर्वाचन अपडेट :   नेम्वाङ १५ हजार ६ सय ५३ मतका साथ अग्र स्थानमा

रे समाचार/फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै रहेको छ ।    
    
जिल्ला निर्वाचन कार्यालय इलामले जारी गरेको पछिल्लो मतपरिणामअनुसार नेकपा एमाले का उम्मेदवार नेम्वाङले १५ हजार ६ सय ५३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ६८ मत प्राप्त गर्नुभएको छ ।    
    
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ८ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २ हजार ३ सय १३ मत प्राप्त गर्नुभएको छ ।    

रास्वपाले बजार क्षेत्रमा आफ्नो पकड वलियो भएको बताए पनि सुहाङ नेम्वाङ झण्डै १३ हजार ३ सय १३ मतले मिलन लिम्बूभन्दा अघि हुनुहुन्छ । मतपरिणाम यसै हिसावले प्राप्त हुने हो भने एमाले का उम्मेदवार नेम्वाङको जीतलाई इन्कार गर्न सकिन्न । यद्यपी मतगणना भैरहेकोले यसै हो भन्ने अवस्था नभएको हाम्रा स्थानीय सम्वाददाताले बताएका छन् । 
    
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update