RayNewsDaily
रे टेलिभिजन तेस्रो वर्षमा प्रवेश 

रे समाचार/काठमाडौं । रे टेलिभिजन एचडी आज स्थापनाको २ वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७९ साल वैशाख १८ गते तदनुसार १ मे सन् २०२२ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर रे टेलिभिजनले औपचारिक प्रसारण शुभारम्भ गरेको थियो ।

रे टेलिभिजन आज विविध कार्यक्रमहरूको आयवजना गरी प्रसारणको तेस्रोे वार्षिक उत्सव मनाउँदै छ । सूचना र समाचारको किरण रे टेलिभिजनले नियमित प्रसारणसँगै समाचार, सूचना, जानकारी र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सामग्रीहरु प्रसारण गर्दै आएको छ ।

औपचारिक प्रशारणसँगै रे टेलिभिजनले मुख्य समाचार बुलेटिनका रुपमा बिहान ८ बजे, मध्यान्ह १२ बजे, दिउँसो ४ बजे र राती ८ बजे राष्ट्रिय, अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद र मौसम लगायतका विभिन्न समाचार तथा रिपोर्टहरु समेटेर प्रसारण गर्दै आएको छ । यसैगरी बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ६ बजे मुख्य समाचारका अपडेटहरु समेटेर रे न्यूज अपडेट प्रसारण गर्दै आएको छ ।  साथै ताजा अपडेटका लागि ब्रेकिङ न्युज, स्क्रो लिङ न्युज, शीर्ष समाचार, टप ५ न्यूज जस्ता विभिन्न स्वरुपमा सूचना र विभिन्न समयमा देशमा भएका महत्वपूर्ण घटना, दुर्घटना, विपद्हरुका साथै महत्वपूर्ण अवसर, चाडपर्व, उत्सव, मेला, सभा समारोह जस्ता विषयहरुमा प्रत्यक्ष रिर्पोटिङ समेत गर्दै आएको छ । 

अन्तर्ष्ट्रिय क्षेत्रमा भएगरेका विभिन्न खाले घटनाहरुका बारेमा पनि खोज/अध्ययन गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुसँग समन्वय गरी अन्तर्राष्ट्रिय समाचारहरुको विस्तृत जानकारी र सूचनामुलक रिर्पोटहरु उत्पादन र प्रसारण समेत गर्दै आएको छ । 

यसैगरी देश र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न घटनाहरुका बारेमा सम्बन्धित क्षेत्रमा नै पुगेर प्रत्यक्ष प्रसारणहरु समेत गरिरहेको छ । 
यस टेलिभिजनले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, पर्यटकीय, भौतिक पूर्वाधार निर्माण लगायतका विभिन्न विषयवस्तुहरुका बारेमा पनि डकुमेन्ट्री उत्पादन गरी प्रसारण गर्दै आएको छ । 

रे टेलिभिजनले नियमित प्रसारणकोे दुई वर्षको अवधिमा विभिन्न समसामयिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, कला, साहित्य, समाज, जीवन-दर्शन, मनोरञ्जन, कृषि लगायतका बहुआयामिक क्षेत्रमा विभिन्न खाले कार्यक्रमहरु उत्पादन गरी प्रसारणलाई निरन्तरता दिएको छ । रे टेलिभिजनका रे सम्वाद, समालोच:, हाम्रो कृषि हाम्रो भविष्य, दि इन्स्पाइरिङ स्टोरी, म र मेरो नेपाल, हेल्थ केयर, नाट्यशाला, लोकमञ्च, आर्थिक बहस, दि वर्ल्ड दिज वीक, विज्ञका विचार, जनचासो, करिअर गाइड, नृत्य वाटिका, आइटी सेरिज जस्ता कार्यक्रमहरुलाई दर्शकले रुचाएका छन् ।   

रे टेभिजिनमा कार्यरत कर्मचारीकोहरू वृत्ति विकास, क्षमता अभिवृद्धि र पुनर्ताजकीकरणका लागि यस टेलिभिजनले विभिन्न विज्ञहरुसँग छलफल, तालिम तथा प्रशिक्षणहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको भ्रमण, गोष्ठी, सेमिनार र मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको छ । रे टेलिभिजनले उत्पादन र प्रसारण गरेका समाचार र कार्यक्रमहरुलाई आम दर्शक, कार्यक्रमका अतिथि, विज्ञापनदाता, शुभचिन्तक लगायतले गर्नुभएको अपार माया र हौसला टेलिभिजनको सबैभन्दा ठूलो शक्ति र मार्गदर्शन बनेको छ । 

रे टेलिभिजनले आफ्नो लोगोलाई विश्व प्रसिद्ध मनास्लु हिमाल र विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म पुर्‍याउन सफल भएको छ । सर्वोच्च शिखर सगरमाथामा रे टेलिभिजनको लोगो पुग्नुलाई हामीले उच्च लक्ष्यको प्रतिविम्बको रुपमा लिएका छौं । सूचना र समाचारको किरण छर्दै जनतालाई सुसूचित गरेर असल नागरिक र समृद्ध नेपाल निर्माणमा टेवा पुर्‍याउन सकेमा मात्रै टेलिभिजनले समेत वास्तविक उचाइ र शिखर चुम्न सक्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । बितेका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि यहाँको माया, सहयोग, सुझाव र सल्लाहको अपेक्षा राखेका छौं । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update