RayNewsDaily
रे टेलिभिजनको दोस्रो वार्षिकोत्सव सम्पन्न 

रे समाचार/काठमाडौं । रे टेलिभिजनले दोस्रो वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । २०७९ साल वैशाख १८ गते तदनुसार १ मे सन् २०२२ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर औपचारिक प्रसारण शुभारम्भ गरेको रे टेलिभिजनले एक समारोहको आयोजना गरी आज दोस्रो वार्षिकोत्सव मनाएको हो ।

Ray TV 3rd An 21714561335.jpg

बार्षिकोत्सव समारोहमा रे टेलिभिजनका प्रथम महिला विमला कोइराला पौड्याल, समाचार निर्देशक व्याकुल पाठक, वरिष्ठ कार्यक्रम तथा समाचार संयोजक रमेश हतुवाली भट्टराई, कार्यक्रम निर्देशक रोशन केसी, चाइना मिडिया ग्रुपका दक्षिण एशिया व्यूरो प्रमुख चाङ युवे वर्षा, समाचार संयोजक श्याम रानामगर, अप्रेसन इन्चार्ज कृष्ण कुमार बलामी, लेखा प्रमुख सन्तोष सापकोटा, कार्यालय सचिव पुष्पा थापा मगर लगायत रे टेलिभिजनमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

Ray TV 3rd An 41714561445.jpg

दोस्रो वार्षिकोत्सवका अवसरमा रे टेलिभिजनले नियमित कार्यक्रमहरुका अतिरिक्त आज बिहानदेखिनै विभिन्न महानुभावहरुका शुभकामना सन्देश, विशेष सम्वाद, अनुभव तथा शुभकामना आदान प्रदान जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सूचना र समाचारको किरण रे टेलिभिजनले नियमित प्रसारणसँगै समाचार, सूचना, जानकारी र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सामग्रीहरु प्रसारण गर्दै आएको छ ।

औपचारिक प्रशारणसँगै रे टेलिभिजनले मुख्य समाचार बुलेटिनका रुपमा बिहान ८ बजे, मध्यान्ह १२ बजे, दिउँसो ४ बजे र राती ८ बजे राष्ट्रिय, अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद र मौसम लगायतका विभिन्न समाचार तथा रिपोर्टहरु समेटेर प्रसारण गर्दै आएको छ । यसैगरी बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ६ बजे मुख्य समाचारका अपडेटहरु समेटेर रे न्यूज अपडेट प्रसारण गर्दै आएको छ ।  साथै ताजा अपडेटका लागि ब्रेकिङ न्युज, स्क्रोलिङ न्युज, शीर्ष समाचार, टप ५ न्यूज जस्ता विभिन्न स्वरुपमा सूचना र विभिन्न समयमा देशमा भएका महत्वपूर्ण घटना, दुर्घटना, विपद्हरुका साथै महत्वपूर्ण अवसर, चाडपर्व, उत्सव, मेला, सभा-समारोह जस्ता विषयहरुमा प्रत्यक्ष रिर्पोटिङ समेत गर्दै आएको छ । 

Ray TV 3rd An11714561492.jpg

अन्तर्ष्ट्रिय क्षेत्रमा भएगरेका विभिन्न खाले घटनाहरुका बारेमा पनि खोज/अध्ययन गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुसँग समन्वय गरी अन्तर्राष्ट्रिय समाचारहरुको विस्तृत जानकारी र सूचनामुलक रिपोर्छहरु उत्पादन र प्रसारण समेत गर्दै आएको छ । यसैगरी देश र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न घटनाहरुका बारेमा सम्बन्धित क्षेत्रमा नै पुगेर प्रत्यक्ष प्रसारण समेत गरिरहेको छ । 

यस टेलिभिजनले सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, शैक्षिक, पर्यटकीय, भौतिक पूर्वाधार निर्माण लगायतका विभिन्न विषयवस्तुहरुका बारेमा पनि डकुमेन्ट्री उत्पादन गरी प्रसारण गर्दै आएको छ । 

रे टेलिभिजनले नियमित प्रसारणको दुई वर्षको अवधिमा विभिन्न समसामयिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, कला, साहित्य, समाज, जीवन/दर्शन, मनोरञ्जन, कृषि लगायतका बहुआयामिक क्षेत्रमा विभिन्न खाले कार्यक्रमहरु उत्पादन गरी प्रसारणलाई निरन्तरता दिएको छ । रे टेलिभिजनका रे सम्वाद, समालोच:, हाम्रो कृषि हाम्रो भविष्य, दि इन्स्पाइरिङ स्टोरी, म र मेरो नेपाल, हेल्थ केयर, नाट्यशाला, लोकमञ्च, आर्थिक बहस, दि वर्ल्ड दिज वीक, विज्ञका विचार, जनचासो, करिअर गाइड, नृत्य वाटिका, आइटी सेरिज जस्ता कार्यक्रमहरुलाई दर्शकले रुचाएका छन् ।   

रे टेभिजिनमा कार्यरत कर्मचारीकोहरू वृत्ति विकास, क्षमता अभिवृद्धि र पुनर्ताजकीकरणका लागि विभिन्न विज्ञहरुसँग छलफल, तालिम तथा प्रशिक्षणहरु, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रको भ्रमण, गोष्ठी, सेमिनार र मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गर्दै आएको छ । रे टेलिभिजनले उत्पादन र प्रसारण गरेका समाचार र कार्यक्रमहरुलाई आम दर्शक, कार्यक्रमका अतिथि, विज्ञापनदाता, शुभचिन्तक लगायतले गर्नुभएको अपार माया र हौसला टेलिभिजनको सबैभन्दा ठूलो शक्ति र मार्गदर्शन बनेको जनाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update